झ्याप्ले खोलामा पुरिएका ८ जनाको पहिचान


काठमाडाैं- शुक्रवार बिहान बुटवलबाट  काठमाडौं जाँदै गरेको माइक्रो बस धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको घटनामा मृत्यु भएका ८ जना यात्रुको पहिचान खुलेको छ । लु१ज ४५७८ नम्बरको माइक्रो पुरिएर १४ जनाको मृत्यु भएकोमा शनिवार ८ को पहिचान खुलेको हो ।

शुक्रवार साँझ पुरिएको गाडी र यात्रु शनिवार रातिमात्रै फेला परेका थिए । गाडी चालक रमेश लुइँटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ बुटवल बस्ने सीता भट्टराई र उनका छाेरा दीपेशको पहिचान खुलेको छ । त्यसैगरी बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीकाे पनि पहिचान खुलेको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले मृतकमध्ये धेरै रुपन्देहीमा बस्दै आएको पाइएको बताए ।

हराएका यात्रुका आफन्तहरू सम्पर्कमा आउने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पाण्डितले जानकारी दिए ।

प्रतिक्रिया