पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढी पहिरोको क्षतिप्रति दुःख व्यक्त

घाइतेको उपचार, बेपत्ताको खोजी र मृतकको राहतका लागि तदारुकता देखाउन राज्यलाई आग्रह


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमार्फत पूर्व राजा शाहले देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरै सर्वसाधारण नेपालीहरुको जीवन गुमेको, घाइते हुनुपरेको साथै घरगोठ र जयजेथा गुमाउनुपरेको सुन्दा आफूलाई पीडाबोध भएको जनाउँदै ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले महत्वपूर्व चाडपर्व निकट आइरहेको समयमा राजमार्ग र सडक सञ्जाल अवरुद्ध हुन पुगेकोमा गम्भीर चासो रहेको जनाउँदै राज्यले मृतक, घाइते तथा बेपत्ताहरुको ाहत, उपचार र खोजीकार्यका लागि राज्यले तदारुकता देखाओस् भन्ने आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया