विपद्को कहर : शनिबार साँझसम्म ६६ जनाको मृत्यु, ७९ बेपत्ता


काठमाडौं- मनसुनी वर्षापछि आएको विपद्‍मा परेर आज साँझ ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुवानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।

पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको पनि सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता छन् ।

प्रतिक्रिया