केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै


काठमाडौँ – गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।

दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृह मन्त्री रमेश लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन् । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया