तीन जिल्लाका प्रजिअ फेरबदल


काठमाडौँ – तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन् ।

गृह मन्त्रालयले बिहीबार रुकुम पश्चिम, म्याग्दी र कालिकोट जिल्ला प्रशासन कार्यालयका प्रजिअहरुको फेरबदल गरेको हो ।

मन्त्रालयका उपसचिव कुल बहादुर जि.सी.रुकुम पश्चिम, सहायक प्रमुख जिल्ला अधिकारी कास्कीका गुरुदत्त ढकाल म्याग्दी र गृहकै उपसचिव नारायण प्रसाद भट्टराई कालिकोटको प्रजिअमा पठाइएको छ ।

प्रतिक्रिया