भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह


काठमाडौँ – राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ । साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।

प्रतिक्रिया