कावा प्रधानमन्त्री सिंहलाई मिश्रको प्रश्न- उपप्रधानमन्त्री भएर के गर्नुभयो ?


काठमाडौँ – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफूसँग एक्लै लड्न चुनौती दिएका छन् । उनले आफूलाई अनेक हत्कन्डा गरेर हराएको भन्दै उपप्रधानमन्त्री भएर के गर्नुभयो भन्दै सिंहसँग प्रश्न गरेका छन् ।

मिश्रले कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहलाई चुनौती दिँदै लेखेका छन्, ‘एक्लै-एक्लै फाइट गर्ने ? एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह)लाई दुवै पटक आरामले हराइदिन्थे, तर के गर्ने सबै हत्कन्डा अपनाएर, अर्काको बुई चढेर जित्नुभयो । त्यो पनि बल्लबल्ल थोरै थोरै मार्जिनले ।’

सिंहले चुनाव जितेर केही गर्न नसकेको भन्दै उनले हारे पनि आफ्नो नाक १०० गुणा बढी ठाडो रहेको जिकिर गरेका छन् । ‘चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन । इज्जत बढ्न त त्योअनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ’, मिश्रले भनेका छन्, ‘मेरा लागि दूर दराजका असल शिक्षकको इज्जत तपाईँ जस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दसौँ गुणा बढी छ ।’

प्रतिक्रिया