सुनकाे मूल्यले बनायाे कीर्तिमान, प्रतितोला एक लाख ६० हजार नजिक


काठमाडौं- मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । अमेरिकाले हालै ब्याजदर घटाउनु र आगामी महिनामा थप घटाउने संकेत दिएपछि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ ।

सुन बढ्दा चाँदी भने घटेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया