बुद्धको जहाजबाट पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो


पोखरा – काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा पुर्याईएको छ ।

जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आईतबार अपरान्ह बानेश्वरबाट पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि पोखरा लगिएको हो । बुद्ध एयरको उडानमार्फत पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

प्रतिक्रिया