पूर्वडीआईजी छविलाल जोशी पक्राउ, पोखरा लैजाने तयारी


काठमाडौँ – सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधानका एक जना उच्च अधिकृतले बताए ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।

छानबिन समितिको निर्देशन कार्यान्वयन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदनसहित निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले जोशीलाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको स्रोतले जनाएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै उनले तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मन्त्रीपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएसँगै गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएसँगै जोशीलाई पक्राउ गरिएको हो ।

प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको छ ।

 

प्रतिक्रिया