दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ
काठमाडौं – भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन् ।
उनलाई शनिबार उपराज्यपाल वीके सक्सेनाले शपथ ग्रहण गराएका छन् ।
अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन् ।
आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन् ।
दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज र कांग्रेस आईकी शिला दीक्षित बनेका थिए । आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन् ।