कांग्रेसले देखाएको बाटोमा अन्य दल हिँडेमात्रै देश सफल हुन्छ: नेता सिटौला


काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका छन् ।

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कांग्रेसले यसअघि माओवादी र अहिले एमालेसँग सहकार्य गरेपनि उनीहरुले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका हुन् ।

कांग्रेसले देखाएको बाटोमा अन्य दल हिँडेमात्रै देश सफल हुने उनको भनाइ छ । उनले अन्य दललाई बाटो देखाउने गरि कांग्रेसले आफ्नो रणनीति तयार गर्नुपर्ने धारणा राख्नुभयो । सिटौलाले संविधान संशोधन र देशको विकासका लागि सबै दलहरुलाई सहमतिमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया