ईपीएस उत्पादनमुलकतर्फको सीप परीक्षणमा ८,१५१ जना उत्तीर्ण


काठमाडौं – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी) को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिष्पर्धी क्षमता) टेष्टको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८,१५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार पाउने गरी नतिजा सार्वजनिक भएको हो ।

गत १८ देखि २४ भदौसम्म भएका सीप परीक्षणमा मा ८,९३२ जना सहभागी भएका थिए । जसमा ८,१५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको मानव संशासन विभागले ३ असोजमा यो नतिजा दिएपछि आज ४ असोजमा परीक्षाफल प्रकाशन भएको हो । अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि सबैको मेडिकल टेस्ट हुनेछ ।
हेर्नुस् नतिजा

प्रतिक्रिया