रविले ग्यालेक्सी टेलिभिजनबाट लिन्थे मासिक ६ लाखभन्दा बढी तलब, अरुको कति ?


काठमाडौं- सहकारीको बचत अपचलनबाट सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनले तलबबापत १४ करोड ९३ लाख २२ हजार ३३ रुपैयाँ बाँडेको पाइएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार टेलिभिजनले तलबमा अत्यधिक रकम वितरण गरेको देखिएकाे छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी तलब तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले लिएकाे देखिएकाे छ । उनले मासिक ६ लाखभन्दा बढीको दरले लिएको उल्लेख छ । लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख रुपैयाँ लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले ३० लाख लिएका थिए ।

कसले कति लिए तलब ?

प्रतिक्रिया