रविले काटेका थिए २३ कराेडभन्दा बढीका १६ चेक


काठमाडौं- गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न मितिमा हस्ताक्षरसहित १६ वटा चेक काटेको पाइएको छ।

सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको सार्वजनिक भएको प्रतिवेदनमा १६ वटा चेक काटेको पाइएको उल्लेख छ ।

रविले बयानमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको थियो । तर,  विवरणअनुसार निज रवि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ । उनले विभिन्न मितिमा २३ कराेड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँकाे चेक काटेकाे प्रतिवेदनमा उल्लेख छ ।

रविले काटेका चेक

 

प्रतिक्रिया