

सहकारी छानबिन समितिको ११२४ पन्ने प्रतिवेदन सार्वजनिक

काठमाडौं- सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले ११२४ पेजको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।
भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

