सडकमै सुते राजेन्द्र महतो


काठमाडाैं- पूर्वमन्त्री राजेन्द्र महतो आज माइतीघरको सडकमा सुतेर आन्दोलनमा सहभागी भएका छन् ।

उपत्यकाका नदी किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार भएको प्रदर्शनमा उनी सहभागी भएका हुन् ।राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिविधि गरिरहेका उनीसँगै अभियानमा सहभागी नेता सुमन सायमी पनि सहभागी भएका छन् । उनीहरूले माइतीघरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

बागमती र विष्णुमतीलगायतका नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न सर्वोच्च अदालतले गरेको आदेशविर्द्ध प्रदर्शन भएको थियो ।

प्रतिक्रिया