काठमाडाैंकाे म्हैपीमा ट्रककाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडाैं- काठमाडाैंको म्हैपीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ।

गएराति काठमाडौँ महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोरमा बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काको मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामाा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।  मोटरसाइकलको पछाडी सवार अर्का एकजना घाइते भएका छन्।  उनको ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया