घट्यो सुनको मूल्य


काठमाडाैं- उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला  आठ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि  एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।

प्रतिक्रिया