अफगानिस्तानसँग हार्यो दक्षिण अफ्रिका


काठमाडौं – अफगानिस्तानले दक्षिण अफ्रिकालाई एकदिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ ।

जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको केवल १०७ रनको लक्ष्य पछाएको अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुदै केवल १०६ रन बनाएको थियो ।

यो जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुँदैछ ।

प्रतिक्रिया