सहसचिव पोखरेल सचिवमा बढुवा


काठमाडौँ -सरकारले सहसचिव डा. कमल प्रसाद पोखरेललाई सचिवमा बढुवा गरेको छ ।

बुधवार(आज)बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सहसचिव पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, रघुराम विष्ट र बाबुराम अधिकारीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया