५ दिनअघि ‘मिस्टर काठमाडौं’ बनेका राईको निधन


काठमाडौं — ‘मिस्टर काठमाडौं’ प्रकाश राईको निधन भएको छ।

५ दिनअघि सम्पन्न ‘मिस्टर काठमाडौं’मा जितेका राईको हृदयघातबाट निधन भएको हो ।

४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्‍याइएको थियो।

मोरङको बेलबारीका स्थायी निवासी राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।

राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

घटनापछि राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् ।

प्रतिक्रिया