महिला र पुरुष टी-२० विश्व कपको पुरस्कार रकम बराबर


काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी-२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ ।

आईसीसीले २०२४ को महिला टी-२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ । यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशत वृद्धि हो । विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १.१७ मिलियन डलर प्राप्त गर्नेछन् ।

प्रमुख टोली खेलहरूको बीचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रुपमा क्रिकेट बनेको छ ।

 

प्रतिक्रिया