गोरखामा डेंगुबाट एकजनाको मृत्यु


गोरखा- गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका-११ बरथोकका ४७ वर्षीया राम प्रसाद अर्याल भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए ।

गत भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ भएपछि उनी केही दिनको गोरखा अस्पतालमा भर्ना भएका थिए । तर, केही सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचारको क्रममा उनकाे सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

झण्डै दुई महिनाको अवधिमा गोरखामा ३७७ जनामा डेंगु सक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले बताए  ।

 

प्रतिक्रिया