पूर्वआईजिपी खनाललाई मातृशोक


काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाललाई मातृशोक परेको छ ।

खनालकी ९९ वर्षीया आमा दिव्यलोका देवी खनालको आइतबार साँझ पूर्वी नवलपुरको गैंडाकोटस्थित निवासमा निधन भएको हो ।

स्व. खनालको सोमबार देवघाटमा अन्त्येष्टी गरिएको छ । स्व. खनालका ८ छोरा र २ छोरी छन् ।

दिवंगत खनालप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना !

प्रतिक्रिया