जबरजस्ती करणी मुद्दामा फरार डोटीका खड्का ९ वर्षपछि पक्राउ


डोटी- जबरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन् ।

खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार सिलगढी सांफे सडक खण्डबाट पक्राउ गरेको जनाएको छ । अदालतको मिति २०७२ श्रावण ३० गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकेपछि खड्का फरार रहेका थिए ।

प्रतिक्रिया