सुदूरपश्चिमका तीन जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध


काठमाडाैं-  सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा नेपाल टेलिकमका सेवा अवरुद्ध भएकाे छ । दार्चुला, बैतडी र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएका हुन् ।

बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि  शनिबार दिउँसोदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क टुटेको धेरै ग्राहकले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया