सर्वोच्च अदालतको कारबाही ‘लाइभ’ गर्न माग


काठमाडाैं- सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका हुन् ।

अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको रिटमा भनिएको छ । रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने हकलाई उद्धृत गर्दै नेपाली नागरिकहरूलाई पनि अदालतको सुनुवाइ प्रत्यक्ष रूपमा हेर्न पाउने अधिकार हुनुपर्ने माग उनीहरूको छ ।

रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ ।

प्रतिक्रिया