इन्जिनमा समस्या देखिएपछि राजविराजमै रोकियो बुद्ध एयरको जहाज


काठमाडाैं- इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आइतबार सप्तरीकाे राजविराजमै रोकिएको छ । काठमाडौंबाट यात्रु लिएर राजविराज आएको जहाज काठमाडौं फर्किन लाग्दा समस्या देखिएको हो ।

७२ सिट क्षमताकाे उक्त जहाजमा यात्रुहरु बसाइ इन्जिन स्टार्ट गर्दा समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको छ । काठमाडौंबाट इन्जिनयरहरुको टोली आएपछि मात्र उक्त जहाज मर्मत गरिने बुद्ध एयर राजविराजले जनाएको छ ।

यात्रुहरुलाई लिन काठमाडौंबाट अर्को जहाज जाने बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया