इतिहासकै सर्वाधिक खर्चिलो बन्दै अमेरिकी राष्ट्रपति चुनाव


न्यूयोर्क(एजेन्सी)– अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावका लागि यतिबेला प्रचारप्रसार तिब्र पारिएको छ । आगामी नोभेम्बर ३ मा हुने चुनावका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यो चुनाव अमेरिकाको इतिहासमा सबैभन्दा महंगो मानिएको छ । यो चुनावमा पछिल्लोपटक भएको चुनाव भन्दा दुई गुणा बढी रकम खर्च हुने अनुमान गरिएको छ । यसपटक करिब १४ अर्ब डलर खर्च हुने आँकलन गरिएको छ ।

सेन्टर फर रेस्पोन्सिब पोलिटिक्सले मतदान भन्दा अघिल्लो महिनामा राजनीतिक चन्दामा भारी वृद्धि भएको जनाएको छ । यहीकारण यो चुनावमा ११ अर्ब डलर डलर खर्च हुने अनुमान गरिएको छ । तर अब यो अनुमान भन्दा अझ केही अर्बको संख्यामा पैसा खर्च हुने बताइएको छ ।

सोधकर्ताका अनुसार सन् २०२० को चुनावमा १४ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । यदी यति नै रकम खर्च भयो भने हालसम्म अमेरिकामा भएका चुनावको खर्चको सबै रेकर्डलाई यसले तोड्नेछ । डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन अमेरिकी इतिहासमा पहिलो यस्ता प्रत्यासी होलान् जसले दाताबाट एक अर्ब डलर राशी जुटाएका छन् । उनको प्रचार अभियानको १४ अक्टोबरको रेकर्डमा ९३ दशमलब ८ करोड डलर प्राप्त गरेका छन् । त्यस्तै ट्रम्पका दाताले हालसम्म ५९ दशमलब ६ करोड डलर चुनाव प्रचारका लागि जुटाएका छन् । जुन बाइडेनको भन्दा पनि आधा हो ।

रोचक कुरा त के छ भने कोभिड–१९ को महामारीको बाबजुद पनि जोकोही २०२० को चुनावमा अधिक राशी दान दिइरहेका छन् । ती व्यक्ति चाहे आम सर्वसाधारण हुन् या अर्बपति नै । यसपटक महिलाहरुले दान दिने रेकर्ड पनि तोडेका छन् । अमेरिकाहरु तिब्र रुपमा ती उम्मेद्वारहरुलाई दान दिइरहेका छन्, जसको राज्यमा कार्यालय चल्न सकेको छैन ।

अमेरिकी राजनीतिमा खर्च हुने पैसाबाट चुनाव र सार्वजनिक नीतिमा पर्ने प्रभाव विषयमा लामो समयदेखि अनुसन्धानरत स्वतन्त्र र गैरनाफामूलक अनुसन्धान समूह सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले यो वर्षको चुनाव पछिल्ला दुई राष्ट्रपतिय चुनावको तुलनामा अत्याधिक महंगो हुने जनाएको छ ।

प्रतिक्रिया