

निजी विद्यालयलाई जगेडा कोषमा रकम राख्न नेसनल प्याब्सनको निर्देशन

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) आवद्ध विद्यालयले आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नका लागी छुट्टै जगेडा कोषको निर्माण गर्नु पर्ने भएको छ ।
नेसनल प्याब्सन आवद्ध विद्यालयले अबदेखि असहज अवस्थाको व्यवस्थापन गर्नका लागी पूर्व तयारीका साथ मासिक कुल आयको ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने भएको हो ।
नेसनल प्याब्सनले पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण उत्पन्न परिस्थितिमा विद्यालयको आवश्यकता अनुसार केन्द्रीय समितिले सहयोग गर्ने जनाएको छ ।
चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाहौं बैठकले गरेको निर्णय अनुसार आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको हो ।

