बागलुङ गाडी दुर्घटनाप्रति ‘प्रचण्ड’द्वारा  दुःख व्यक्त


काठमाडौँ – रुकुम पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको ज्यान जाने गरी बागलुङमा भएको घटनाप्रति पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुख व्यक्त गरेका छन् ।

उनले शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गरे । आज बिहान करिब पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालिको मृत्यु भएको थियो ।

प्रतिक्रिया