पत्रकार महासंघको चुनाव असोज १२ मा हुने


काठमाडाैं- नेपाल पत्रकार महासंघको चुनाव आगामी १२ असोजमा गर्ने घोषणा भएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तीनै तहको चुनाव एकै दिन १२ असोजमा गर्ने मिति तोकेका हुन् ।

विष्टले निर्वाचन समितिले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र शनिबारै मतदाता सूचीसमेत सार्वजनिक गरिने बताएका छन् । यसअघि ५ असोजमा चुनाव गर्ने मिति तोकिएको थियो ।

प्रतिक्रिया