नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार तयार छ : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयको आयोजनामा बिहीबारदेखि सुरु भएको ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन-२०२४’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको बताए ।

‘पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातेमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौँ ।’

प्रधानमन्त्री ओलीले कोभिड-१९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनरुत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बताए । पूर्वाधार सम्मेलन दुई दिनसम्म काठमाडौँमा चल्ने छ ।

प्रतिक्रिया