पूजाको प्रसाद खाँदा एकै गाउँका ६० भन्दा बढी बिरामी


झापा- झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन् । झापाको अर्जुनधारा नगरपालिका-९ मा उनीहरु बिरामी परेका हुन् ।

स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेकाे बताइएकाे छ ।

बिरामीमध्ये अधिकांशमा पखाला, ज्वरो र बान्ता भएको बताइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पूजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको र्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रले बताए ।

प्रतिक्रिया