एकीकृत समाजवादी उपसभामुखको पक्षमा उभिने


काठमाडौं – नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्णय गरेको हो ।

प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुख रानामगरले राजीनामा दिनुपर्ने बताइरहेका छन् । सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका छन् ।

तर एकीकृत समाजवादीले भने उपसभामुखको बचाउमा उभिने निर्णय गरेको हो । बैठकले आगामी ५ असोजमा काठमाडौंमा सन्देश सभा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनपछि पार्टी एकताबद्ध रहेको सन्देश दिन सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया