

१४ वटा नकआउट फुटबलकाे खेलतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने विभिन्न नकआउट गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । एन्फाको प्रतियोगिता विभागले बुधबार देशभर आयोजना हुने १४ गोल्डकप फुटबलको मिति सार्वजनिक गरेको हो ।
जसमा मोफसलकै चर्चित आहा रारा गोल्डकप लगायत छन् । आहा रारा यही चैत २२ देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ । एन्फाले आहा रारासहित १४ गोल्डकपको लागि मिति सार्वजनिक गरेको हो । तर मोफसलकै अर्को चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकप भने यसपटक नहुने यसअघि नै सार्वजनिक भइसकेको छ ।
एन्फाले सार्वजनिक गरेको मितिअनुसार ५ गोल्डकप चैत महिनामा सञ्चालन हुनेछन् भने चारवटा चैतमा सुरु भएर वैशाखमा सम्पन्न हुनेछन् । यसबाहेक २०७८ वैशाखमा २ प्रतियोगिता हुनेछ भने बाँकी तीन गोल्डकप जेठमा आयोजना गरिनेछ ।
खेलतालिका

