मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर


काठमाडौँ – विशेष अदालत काठमाडौँले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा १० जनाले सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ भने १० जनालाई सफाइ दिएको हो ।

यसमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् ।

यस्तै पूर्वसचिव भीम उपाध्यायसहित १० जनाले सफाइ पाएका छन् ।

प्रतिक्रिया