ललितपुरमा गुडिरहेको माइक्रोमाथि बिजुलीको पोल बजारिए पछि…


काठमाडौँ – ललितपुरको जावलाखेलमा विद्यार्थी बोकेको माइक्रो बसमाथि बिजुलीको पोल ढलेको छ ।

आज फोनिक्स स्कूलका १८ जना स–साना विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको माइक्रो बसमाथि बिजुलीको पोल ढलेको ललितपुर महानगर प्रहरी बलले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

माइक्रो बसमाथि ढलेको बिजुलीको पोल महानगर प्रहरीले टोलीले पन्छाएको छ ।

प्रतिक्रिया