रुकुममा खोलाले मोटरसाइकलसहित दुईजनालाई बगायो


काठमाडौं- रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका- ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए ।

रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो ।

प्रहरीले उनीहरुको शव सोमबार बिहान फेला परेको थियो । शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया