त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको आकस्मिक अवतरण
काठमाडौं – त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।
आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइनसको १२१ विमानमा तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।