काठमाडौंको नागार्जुन– ७ की वडासचिव केसी मृत फेला


काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका– ७ की वडासचिव सुमा केसी मृत फेला परेकी छिन् । उनी आइतबार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी झुण्डिनुको कारण पत्ता लागेको छैन । केसीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

केसीको मृत्यु भएपछि नागार्जुन नगरपालिकाले आइतबार नगरपालिका, सबै वडा कार्यालय, स्वास्थ्य संघसंस्था र सामुदायिक एवं संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको  प्रमुख (मेयर) मोहन बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया