

पहिरोले घर पुरिँदा वडा सदस्यसहित दम्पती नै बेपत्ता, छोरीको उद्धार

जाजरकोट – जाजरकोटमा पहिरोमा पुरिएर एकै श्रीमान्-श्रीमती बेपत्ता भएका छन् ।
बारेकोट गाउँपालिका ६ धुमा गाउँमा गएराति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती तथा वडा नं ६ की महिला वडा सदस्यसमेत रहेकी मायादेवी चलाउने पुरिएका छन् ।
घटनास्थलबाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । जाजरकोट प्रहरीका अनुसार घटनास्थलमा प्रहरी टोली गइरहेको छ ।

