सुनको मूल्यमा नयाँ रेकर्ड


काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। हरितालिका तीजको दिन सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि भदौ १३ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १७ सय ६५ रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया