टिकटकका प्रतिनिधिहरू किन आए नेपाल ?


काठमाडाैं- चिनियाँ एप टिकटकका प्रतिनिधिहरू नेपाल आएका छन् । नेपाल सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि सिंगापुरस्थित कार्यालयबाट तीन जनाको टोली काठमाडौं आएको हो ।

बिहीबार टिकटकका प्रतिनिधिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल गरेका छन् । उनीहरूले सरकारले तोकेका शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै तत्कालै प्रतिबद्धता पत्र उपलब्ध गराउन सकिने बताएका छन् ।

सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो । करिब ९ महिना पछि यही ६ भदौमा सरकारले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । तर, सञ्चार मन्त्रालयले  हालसम्म दूरसञ्चार प्राधिकरणलाई औपचारिक रूपमा प्रतिबन्ध हटाउन निर्देशन दिएको छैन ।

प्रतिक्रिया