पलेशालाई काठमाडौं महानगरले दियो ५ लाख पुरस्कार


काठमाडौं — पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाएकी पलेशा गोबद्र्धनलाई काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँ पुरस्कार दिएको छ ।

महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले एक विशेष कार्यक्रममा पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान र कोच कविराज नेगीलाई ३ लाख रुपैयाँ पुरस्कार दिएका हुन् ।

त्यसअघि ओलम्पिकमा सहभागी भइ बुधबार बिहान नेपाल फर्किएकी पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याएर स्वागत गरिएको थियो ।

 

प्रतिक्रिया