प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज


काठमाडौं – संसदीय सुनुवाइ समितिमा बुधबार चार प्रस्तावित राजदूतको सुनुवाइ हुने भएको छ। बिहान ११ बजे बस्ने समितिको बैठकमा रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया र साउदी अरबका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुन लागेको हो।

रुसका लागि जङ्गबहादुर चौहान, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ र साउदी अरबका लागि नरेशविक्रम ढकालको सुनुवाइ हुने समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

सरकारद्वारा प्रस्तावित १७ राजदूतमध्ये अहिलेसम्म ९ जनाको सुनुवाइ सकिएको छ । सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया