ओली बा’को ‘अनफलो’ अभियान, रातभरीमा कति घटे ?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल फेसबुक पेजमा ‘अनफलो अभियान’ नै चलिरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका समर्थकहरुले प्रधानमन्त्री ओलीको सामाजिक पेज K P Sharma Oli मा अनफलो अभियान चलाएपछि अहिले यो समाचार तयार पार्दासम्म ६०४ के फलोअर्स पुगेका छन् ।

मेयर बालेन र प्रधानमन्त्री ओलीबीच सामाजिक सञ्जालमा देखिएको द्वन्द्वका आधारमा बालेनका प्mयानहरुले ओलीको पेजमा अनफलो अभियान चलाएका हुन् । प्रधानमन्त्री ओलीको पेजमा त्यसअघि ६६२ के फलोअर्स रहेकोमा २ दिनमा करिब ५८ हजार फलोअर्स घटेका छन् ।

प्रदेश सदस्य रेखा शर्माको विषयलाई लिएर मेयर बालेनले प्रधानमन्त्री ओलीलाई कारबाहीका लागि अनुरोध गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि उनको स्टाटसविरुद्ध नेकपा एमालेका भातृ संगठनका नेतादेखि लिएर एमाले कार्यकर्ताहरुले विरोध जनाइरहेका थिए ।

सोही अवधिमा मेयर बालेनको पेजमा भने करिब १ लाख फलोअर्स बढेको देखिएको छ ।

प्रतिक्रिया