झरना छहरा खोलाले बगाउँदा दुई युवा बेपत्ता


कपिलवस्तु- झरना छहरा खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन् ।

कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र सोही स्थानका वर्ष २४ का किशोर रास्कोटीलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र १४ सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा छहराले बगाएको हो । मंगलबार दिउँसो घुम्न आएका चार जनालाई बगाएको भए पनि २ जना बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया