चार्जमा राखेर चलाइरहेको मोबाइल पड्कियो, बालक घाइते


काठमाडाैं-  भारतको मध्य प्रदेशमा १२ वर्षीय बालकको हातमा रहेको मोबाइलमा कार्टुन हेर्दै गर्दा  पड्किएकाे छ । बालकको हातमा गम्भिर चोट लागेको बताइएको छ ।  उनको भाइ पनि घाइते भएका छन् ।

मिडिया रिपोर्टकाअनुसार, मध्य प्रदेशको छिन्दवाडाबाट मोबाइल विस्फोटको यो दुखद घटना बाहिर आएको हो । यहाँको कलकोटी देवरी गाउँमा १२ वर्षीय बालकको हातमा रहेको मोबाइल पड्किएपछि हल्लाखल्ला भएको थियो । एनबीटीको रिपोर्टका अनुसार त्यो बेला फोन चार्जमा थियो । मोबाइलमा विस्फोट हुँदा बालकको हातमा गहिरो चोट लागेको छ भने उनको हात र तिघ्रामा चोट लागेको खबर छ ।

घरमा अभिभावकहरु नभएको समयमा १२ वर्षका छोरा रामरहेश घरमा चार्ज भइरहेको जियो किप्याड मोबाइलमा साथीहरूसँग कार्टुन हेरिरहेका थिए । त्यसपछि अचानक मोबाइल पड्किएको थियो ।दुर्घटनापछि बालकलाई नजिकैको अस्पतालमा लगिएको थियो जहाँ उनको अवस्था हेरेर चिकित्सकले थप उपचार गरेका थिए । मोबाइल चार्जमा रहेको र चार्जबाट बाहिर निस्कन नसकेको परिवारका सदस्यले बताएका छन् ।

बालकसँगै अर्का एक बालक पनि घाइते भएको बताइएको छ तर गम्भीर चोटपटक नभएकाले प्राथमिक उपचारपछि घर पठाइएको छ ।

प्रतिक्रिया